देशको गुप्तचर संयन्त्रविरुद्व राष्ट्रियसभामा कड्किए सांसद बिडारी (भिडियो)
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्य रामनारायण बिडारी मुलुकको गुप्तचर संयन्त्रविरुद्ध कड्किएका छन् ।
राष्ट्रियसभाको बुधबार बसेको बैठकमा विशेष समयमा उनले मुलुकका ऐतिहासिक दस्तावेजहरु विदेशमा पुग्दा, प्राचीन मूर्तिहरु बेचिँदासमेत गुप्चतर निकायले पत्तो पाउन नसकेको भन्दै यस्ता संस्थाको औचित्यमाथि प्रश्न गरे ।
राष्ट्रिय अनुसन्धान विभाग, जनसम्पर्क लगायत विभिन्न नाम राखेर युगदेखि सञ्चालन हुँदै आएका गुप्तचरी संयन्त्र केही कर्मचारीका लागि तलब खाने अड्डामात्र भएको उनको भनाइ थियो ।
त्यस्तो अड्डामा सीप, क्षमता, इमान नभएका मान्छेको हालीमुहाली रहेको उनले बताए ।
गुप्तचरी संयन्त्रमा जागिर खानका लागि न प्रतिस्पर्धा, न कुनै जाँच परीक्षा पास गर्नुपर्ने प्रावधान रहेको भन्दै उनले शासकको चाकडीमै समय बिताउने गरेको जिकिर गरे । ‘यसलाई पुरानो भाषामा गुप्तचरी अड्डा भनिन्छ,’ उनले भने, ‘न यसले गुप्तचरी गर्न जान्यो, न यसले देश र जनताको हित गर्न जान्यो । सिर्फ यसले शासकको चाकडी गरेर अहिलेसम्म बितायो ।’
उनले प्रश्न गरे, ‘नेपालको राष्ट्रिय महत्वको दस्तावेजहरु कहाँ छन्, कसले कतिमा कहिले विदेशीलाई बेच्यो, यो संस्थाले भन्न सक्छ ?
नेपालले विभिन्न मुलुकसँग गरेका सम्झौता, १९५० को नेपाल–भारतबीचको सन्धी, नेपालको युगौँ युगको बेग्लाबेग्लै नक्साहरु कहाँ र कुन अवस्थामा छन् भन्ने तथ्यसँग नेपालको गुप्तचर निकाय बेखबर रहेको उनले बताए ।
उनले नेपालका ठूला ठूला पदमा बस्ने जागिरे व्यक्तिहरु राति राति विदेशीहरुसँग भेट्ने गरेको, एजेन्टहरुसँग भेट्ने गरेको र सरकारलाई त्यसको जानकारी दिनु नपर्ने प्रवृत्तिले कर्मचारीहरु मुलुक र जनताप्रति इमानदार हुन नसकेको प्रष्ट पारे । त्यस्ता कर्मचारीले नेपालमा जागिर खाने, विदेशीका लागि काम गर्ने गरेको आरोप लगाउँदै उनले अवकाशपछि पनि कतिपयले विदेशीको जागिर खाने गरेको बताए ।
उनले ठूला ओहोदामा रहेकाहरुलाई अवकाशपछि पनि विदेशको स्थायी बसोबास लिन नपाउने गरी व्यवस्था हुनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण