वडाध्यक्षको हत्याका दोषीलाई कारबाही गर्न काँग्रेसको माग
बुधबार, २२ माघ २०७६, १६ : २२
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलले अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदम बहादुर धामीको हत्या भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृण खाँणद्वारी जारी विज्ञप्तिमा उक्त घटनाको भत्सर्ना गरिएको छ ।
‘सरकारले शान्ति सुरक्षा कायम गर्नु नसक्नु र आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउनु नसक्नु सरकार कमजोर रहेको यस घटनाले प्रष्ट पारेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारवाहीको लागि काँग्रेसले सरकार एवं सुरक्षा निकायसँग जोडदार माग गरेको छ ।
यस्ता प्रकारका घटना पुनः दोहोरिन नदिन तथा शान्ति सुरक्षा कायम गर्न काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । गत सोमबार राति धामीको हत्या भएको थियो ।
वडाध्यक्ष धामी काँग्रेसका तर्फबाट निर्वाचि भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण