शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘खाना जे होला स्वाद बढाउन कोका–कोला’

बुधबार, २२ माघ २०७६, १९ : ०२
बुधबार, २२ माघ २०७६

काठमाडौं– कोका–कोला मेःमोःउत्सव नेपालमा पाचौंँ संस्करणको लागि जुटेको छ । हरेक वर्षको शुरुवातमा आयोजना हुने कोका–कोला मोःमोःउत्सव एक पर्व हो जसले नेपालीहरुको प्रिय पेय पदार्थ र लोकप्रिय खाना अर्थात कोक र मःमः को उत्कृष्ट संयोजनको प्रतीत गर्दछ । 

विगत चार वर्षको सफलताका साथ मोःमोःउत्सवमा यस वर्ष आइकोनिक मःमः मात्र नभएर नेपालको सबै परिकारका लोकप्रिय खानाहरुको संयोजन गरिएको छ । यो अभियानको ट्यागलाइन ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ रहेको छ, जसको अर्थ खाना जे भएपनि कोका–कोलाले त्यसको स्वाद बढाएर कुनै पनि क्षणहरुलाई उत्सवमा परिवर्तन गर्दछ ।

कोका–कोलासँग विभिन्न परिकारका खानाहरुको उत्सव मनाउँदै, आफ्ना उपभोक्ताहरुलाई हृदयमा राखेर, खाना र नेपाली संस्कृतिको महत्वमा केन्द्रित रहेर कोका–कोलाको नयाँ अभियान उपभोक्ता केन्द्रित रहेको छ ।
यस अभियानमा विभिन्न लोकप्रिय अभिनेत्री सम्रागी आर.एल. शाह र अलिशा राई र गायिका केन्जल श्रेष्ठ, जेय अथर र आइजेन सामेल छन् ।

यस अभियानका बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘कोका–कोला र खानाको संयोजन विश्वव्यापी परम्परा हो । नेपालमा पनि हामीले ‘खाना जे होला स्वाद बढाउन कोका–कोला’ नाराका साथ दिर्घकालन रुपमा कोका–कोला र खानाको अभियान सार्वजनिक गरेका छौं । यस अभियानको दौरान हामीले कोकलाई लोकप्रिय नेपाली खानाहरुसँग जोडेर धेरै कार्यक्रमहरु संचालन गर्नेछौं ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले कोका–कोला मोःमोःउत्सवको पाचौं संस्करणमा पुग्दा निकै खुसी भएको बताए ।

यसबाहेक, मोःमोःउत्सव अभियाको हिस्सा अन्तर्गत विभिन्न रेष्टुरेन्टहरुले कोक र मोःमोःको कम्बोमा आकर्षक अफरहरु प्रदान गरिरहेको छ । यसका साथै मोःमोःउत्सव पारखीहरुका लागी यस वर्ष कोका–कोला नेपालले थुप्रै आश्चर्यहरु तयार पारिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप