उद्योग वाणिज्य महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला गर्दै
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला चैत ६ गतेबाट १० गतेसम्म काठमाडौंमा योजना गर्ने भएको छ । स्वदेशी उद्योग व्यवसायको प्रवद्र्धन, नेपाली उत्पादन तथा सेवाहरुको राष्ट्रिय अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, बाह्य लगानी तथा प्रविधि आकर्षण गर्ने, र स्वदेशी तथा विदेशी लगानीकर्ताहरुका बीच व्यवसायिक सम्बन्ध कायम गर्ने उद्देश्यले मेलाको आयोजना गरिने भएको हो । भृकुटीमण्डपमा आयोजना हुने मेलामा चीनबाट ८०, भारतबाट ४० र बंगलादेशबाट ६० वटा स्टल बुकिङका लागि पत्राचार भएको महासंघले जनाएको छ ।
त्यसैगरी थाइल्याण्डबाट २० र पाकिस्ताबाट ५ वटा स्टल बुकिङका लागि पत्राचार भएको छ । ३ सयभन्दा बढी स्टल रहने मेलामा अन्य देशहरुबाट समेत सहभागिताका लागि विदेशमा रहेका नेपाली दूतावासमार्फत पत्राचार गरिएको छ । हस्तकला, एनटीआइएस प्रोडक्टहरु मेलाका मुख्य आर्षण रहनेछन् ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन समेत नेपालका पर्यटन गन्तव्यस्थलको प्रचार प्रसार र छलफल कार्यक्रमको समेत आयोजना गरिने छ । यो वर्ष १ लाख भन्दा बढीले मेलाको अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ। मेलामा टिकट दर ५० रुपैयाँ र विद्यार्थी सहुलियत दर ३० रुपैयाँ तोकिएको छ भने अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण