आजको मौसम : वर्षा र हिमपातको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसमको पूर्वानुमान जारी गरेको छ । पूर्वानुमानका अनुसार हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभएको र दिउँसोबाट पश्चिमी न्यून चापीय प्रणालीको असर सुरु हुनेछ ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा सामान्यतया सफा रहने छ। देशको पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भु–भागका १–२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
यसैगरी राति देशका पूर्वी भु–भाग लगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू–भाग सामान्यतया सफा रहनेछ।
देशको पूर्वी तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
हाल देशको पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण