राजदूत आचार्य र मोदीका सुरक्षा सल्लाहकारबीच भेटवार्ता
काठमाडौँ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटघाट गरेका छन् ।
माघ २२ गते डोभलकै कार्यालयमा राजदूत सल्लाहकारबीच कुराकानी भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । भेटका क्रममा दुई देशबीच मित्रवत सम्बन्धका विषयमा पनि छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री मोदीको क्याविनेटमा डोभललाई सबभन्दा शक्तिशाली मानिन्छ । उनी प्रधानमन्त्री मोदीका सल्लाहकार भएपनि एउटा क्यविनेट मन्त्रीको हैसियत दिइएको छ ।
नेपाल मामिलाका जानकार समेत रहेका डोभलसँगको भेटका विषयमा थप बुझ्नका लागि आचार्यलाई पटक पटक फोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।
यसैबीच राजदूत आचार्यले आज भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृगंलासँग पनि भेटवार्ता गरेका छन् ।
भारतीय विदेश मन्त्रालयमा भएको भेटमा पछिल्लो समय नेपाल र भारतबीच विकसित सम्बन्धका विषयमा विदेश मन्त्री श्रगंलाले प्रशंसा गरेका थिए । दुई देश बीचको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने कुरामा दुईजना सहमत भएको दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण