चट्याङ लागेर दाङमा तीन जनाको मृत्यु
शनिबार, २५ माघ २०७६, १७ : ३४

दाङमा चट्याङ लागेर दुई बालबालिका सहित ३ जनाको ज्यान गएको छ ।
तुल्सीपुर उपमहानगरपालिका ७ स्थित नवलपुरकी गीता चौधरीकी ७ वर्षीया छोरी सृष्टि चौधरी, सोही स्थानकी ४५ वर्षीया लक्ष्मी आचार्य र घोराही उपमहानगर पालिका–११ हापुराका सुर्यबहादुर पुरीका ८ बर्षीय छोरा ताराबहादुर पुरीको चट्याङले लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङ्गका अनुसार चौधरी र आचार्यको राप्ती लाइफ केयर अस्पताल तुल्सीपुरमा उपचारको क्रममा तथा पुरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमाल्याउँदै गर्दा बाटैमा ज्यान गएको हो । घटना
शनिबार दिउँसो करिव १ बजेको समयमा भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानका पूर्व प्रधानमन्त्रीले किन गरेका थिए शाहरुख खानलाई गाली ?
-
मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने
-
कराते महासंघको तदर्थ समिति गठनले विवाद, पर्शुरामसँग आक्रोश
-
‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरूरी’
-
खराब फर्म जारी रहे एमोरिमले युनाइटेड छाड्ने
-
एमाले महासचिव पोखरेलले दाबी गरेजस्तै छ त सरकारको उपलब्धि ?