बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पुलिसले उजुरी लिन नमानेपछि शिल्पा शेट्टीका श्रीमान‍्विरुद्ध हाइकोर्ट पुगिन् पुनम पाण्डे

आइतबार, २६ माघ २०७६, ०८ : ४९
आइतबार, २६ माघ २०७६

भारतीय मोडल एवं नायिका पूनम पाण्डेले शिल्पा शेट्टीका श्रीमान् तथा व्यापारी राज कुन्द्रा र उनक सहयोगीविरुद्ध आपराधिक मुद्दा दर्ता गर्न चाहेकी छिन् । पुलिसले एफआइआर दर्ता गर्न नमानेपछि उनले हाइकोर्टको ढोका ढक्ढकाएकी छिन् ।

विवाद सन् २०१९ को हो जब पुनम पाण्डेले आर्म्सप्राइम मिडिया नामको एक फर्मसँग सम्झौता हस्ताक्षर गरेकी थिइन् । पुनमले उक्त सम्झौता आफ्नो नामबाट एउटा ऐप पाउनका लागि हस्ताक्षर गरेकी थिइन् जसका लागि उनले रेभेन्यूको उचित हिस्सा पाउने भएकी थिइन् ।

पाण्डेका अनुसार राज कुन्द्राको कम्पनीले चलाउने उनको एपमा उनको फोन नम्बर पोष्ट गरेर ‘मलाई फोन गर्नुहोस्, म तिम्रो लागि स्ट्रिप गर्नेछु’ भन्ने मेसेज आएको थियो । 

कुन्द्रा र उनका सहयोगीले सम्झौता रद्द गरेपछि पनि आफ्नो फोन नम्बर सार्वजनिक गरेको भन्दै पुनमले उनीहरुविरुद्ध आपराधिक मुद्दा दर्ता गर्न हाईकोर्टको ढोका ढक्ढकाएकी हुन् । 

सम्झौता रद्द गरेपछि बढ्यो तनावः

पुनमलाई विश्वास गर्ने हो भने फर्ममा सेयरका लागि भेदभाव भइरहेको थियो । जसका कारण उनले सम्झौता रद्द गरिन् । तर त्यसलगत्तै उनलाई प्राइभेट नम्बरबाट विभिन्न प्रकारको अनुरोधयुक्त फोन आउन थाल्यो । उनका अनुसार यसबाट तनाव भएपछि उनले तीन महिनाका लागि देश छोडेकी थिइन् । तर फिर्ता भएपछि पनि उनले यस्तै स्थितीको सामना गर्नुपर्यो जसका कारण उनले आफ्नो नम्बर परिवर्तन गरेको बताइन् ।

नयाँ नम्बर लिँदासमेत रोकिएन सिलसिलाः

उनले आफ्नो नयाँ नम्बरको प्रयोग राज कुन्द्राका सहयोगी सौरभ कुशवाहसँग कुराकानी गर्नका लागि प्रयोग गरेकी थिइन् त्यसपछि उनको त्यो नम्बरमा पुनः फोन आउने क्रम जारी रह्यो । पुनमलाई विश्वास गर्ने हो भने राज र उनको समूहविरुद्ध पुलिससँग मद्दतसमेत मागेकी थिइन् तर उनलाई कसैले पनि सुनेनन् । उनको एफआईआरसमेत दर्ता गर्न अस्विकार गरियो । त्यसकारण उनी अब हाइकोर्ट पुगेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप