अफगानी सैनिकको गोली प्रहारबाट दुई अमेरिकी सैनिकको मृत्यु
काबुल । हातहतियारबाट सुसज्जित एक जना अफगानी सैनिकले चलाएको गोली लागेर अफगानिस्तानमा तैनाथ दुई जना अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अरु ६ जना घाइते भएका छन् ।
अमेरिकी सेनाका अनुसार अफगानिस्तानको पूर्वी नान्गारहार प्रान्तमा शनिबार उक्त दुःखद घटना भएको हो । शरजाद जिल्लाको सैनिक अखडामा अमेरिकी र अफगान कमान्डोहरुले तालिम गरिरहेका बखत अफगान सैनिक कमान्डोले गोली चलाएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १८ वर्ष लामो अफगान युद्ध समाप्त गरी अमेरिकी सैनिक स्वदेश फर्काउने योजना बनाइरहेको नाजूक समयमा उक्त घटना भएको हो । अफगानिस्तानमा तैनाथ अमेरिकी फौजका प्रवक्ता सोन्नी लेगिटले आइतबार जारी गर्नु भएको वक्तव्यमा अफगानी सैनिकले चलाएको गोलीबाट अमेरिकी सैनिकको मृत्यु भएको र केही घाइते भएको उल्लेख छ ।
प्रान्तीय गभर्नर शाह महमूद मियाखिलले अफगान सैनिकको आक्रमणबाट तीन जना अफगान सैनिक पनि घाइते भएको बताउँदै घटनाको अनुसन्धान शुरु गरिएको जानकारी दिए । अफगान सैनिकलाई हवाई सेवा, परामर्श र तालिमका कार्यमा मात्र केन्द्रित गरिरहेको अमेरिकी सैनिकमाथि सन् २०१९ मा भएका आक्रमणमा २० जनाको ज्यान गएको थियो । सन् २००१ मा अफगानिस्तानमा अमेरिकी सेनाले आक्रमण गरेयता अफगानिस्तानमा करिब दुई हजार ४०० अमेरिकी सैनिकको मृत्यु भइसकेको छ ।
अफगानिस्तानका विद्रोही तालिबान समूहसँग अमेरिकी विशेष दूत जाल्मे खलिलजादले विगत १८ महिनादेखि वार्ता र सम्वाद गरिरहनु भएको छ । वार्तामा खासगरी अमेरिकी सैनिकको संख्या आधा कम गर्ने र विनाशर्त युद्ध विराम गर्ने बारेमा विचार विमर्श भइरहेको छ ।
तालिबान समूहले वार्ताकै चरणमा पनि अमेरिकी फौज लक्षित गरी आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त वार्ताको औचित्य नरहेको भन्दै वार्ता भङ्ग भएको घोषणा गर्नु भएको थियो । तर अहिले फेरि कतारमा तालिबान र अमेरिकी मध्यस्थकर्ताबीच वार्ता जारी छ । –एएफपी/Photo: BBC
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण