चीनबाट स्वदेश ल्याउने तयारी भइरहेका नागरिकको निगरानीमा ६० स्वास्थ्यकर्मी खटाइने
काठमाडौं । सरकारले चीनबाट ल्याइएका नेपाली नागरिकको स्वास्थ्य अवस्था निगरानी गर्नका लागि ६० जना स्वास्थ्यकर्मी खटाउने भएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो ।
चीनको हुवाई प्रान्तको हुवान शहरबाट सुरु भएको नोबेल कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिन थालेपछि नेपालले आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्ने तयारी गरेको छ । स्वदेश फिर्ता गरेका नागरिकहरुलाई ६० जना स्वास्थ्यकर्मीहरुको निगरानीमा राख्ने र उनीहरुलाई तयारी अवस्थामा राख्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उनीहरुलाई क्यारेन्टाइनमा राखेर निगरानी गरिने समेत मन्त्रालयले जनाएको छ । त्यसका लागि ६० जना स्वास्थ्यकर्मीलाई माघ २७ गते (सोमबार) अभिमुखिकरण तालिम दिने तयारी समेत गरिएको छ । ६० जना स्वास्थ्यकर्मीमा मेडिकल अफिसर, स्टाफ नर्स, स्वास्थ्य सहायक लगायत रहने समेत बताइएको छ ।
४ दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका खरिपाटी, शिवपुरी, सूर्यविनायक र इचङुनारायणमा चीनबाट ल्याइएकाहरुलाई क्वारेन्टाइनमा राखेर निगरानी बढाउन निर्देशन दिएका थिए । ती स्थानमा स्थानीयवासीको विरोध चर्किन थालेपछि सरकारले कहाँ राख्ने भन्ने निर्णय गरिसकेको छैन । यद्यपि, भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रका २ वटा भवन खाली गरिसकिएको छ भने अन्य स्थानमा व्यवस्थापनको कामनै सुरु भएको छैन ।
उता, चीनमा अध्ययन गर्न गएका विद्यार्थीका आफन्तजनले आफ्नो परिवारका सदस्यहरुलाई तत्काल स्वदेश फिर्ता गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रियमानवअधिकार आयोग लगायतका सरोकारवाला निकायमा धाइरहेका छन् । उनीहरुले तत्काल आफन्तजनलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण