धुम्रपान छोड्न तीन उपाय

धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ । यसले हाम्रो छाला, कपालको साथसाथै मानसिक र शारीरिक स्वास्थ्यलाई समेत प्रभावित पार्छ । कुनै घटनाबाट सुरु हुने धुम्रपान गर्ने बानी कतिबेला लत बन्छ यो सेवन गर्ने व्यक्तिलाई थाहा नै हुँदैन । यो सजिल्यै छोड्न सकिने लत होइन । धुम्रपान छोड्नको लागि निकै कठोर निश्चय र दृढताको आवश्यकता पर्छ । धुम्रपानको कारण फोक्सोको क्यान्सर जस्ता थुप्रै प्राणघातक रोगहरु लाग्न सक्छन् ।
यदि स्वस्थ रहन र लामो आयु बाँच्न चाहानुहुन्छ र धुम्रपान छोड्न चाहानुहुन्छ भने सबैभन्दा पहिले धुम्रपान लत हो भन्ने तथ्यलाई स्वीकार गर्नुपर्छ । त्यसपछि छोड्ने बारेमा योजना बनाउनुपर्छ । धुम्रपानको लत लागेको लामो समय भएको छैन भने तपाईंले त्यो लतलाई विस्तारै छोड्न सक्नुहुन्छ तर यदि तपाईं चेन स्मोकर हो भने डाक्टरको सल्लाह तुरुन्तै लिन आवश्यक छ ।
धुम्रपान छोड्नको लागि परिवार र साथीभाईको सहयोग लिनुपर्छ । धुम्रपानबाट छुटकारा पाउनको लागि सहकर्मीसँग कुराकानी गर्नुपर्छ र उनीहरुको पनि मद्दत लिनुपर्छ । त्यसैगरी धुम्रपान गर्ने संगतबाट टाढा रहनुपर्छ ।
त्यतिमात्र होइन, कहिले काँही मानिसहरु भावनात्मक आवश्यकता पूरा गर्नको लागि पनि धुम्रपान गर्ने बानी लागेको हुनसक्छ । त्यसको लागि एक्लै बस्ने गर्नुहुँदैन । आफ्नो नजिकको मान्छेलाई आफ्ना भावनाहरु सेयर गर्ने र धुम्रपानलाई वेवास्ता गर्ने गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु
-
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’