वैज्ञानिकले भेटे सय वर्षसम्म बाँच्ने दुर्लभ जीव, सात वर्षदेखि हल्लिएको पनि छैन
दक्षिण पूर्व युरोपको देश बोस्निाया र हर्जेगोविनामा पानीभित्र भएका ५ गुफामध्ये एकमा एक दुर्लभ स्यालामेन्डर (स्थानीय नाम बेबी ड्र्यागन) भेटिएको छ । यो पछिल्लो २ हजार ५ सय ६९ दिन (७ वर्ष भन्दा बढी) समयदेखि हल्लिएको पनि छैन ।
वैज्ञानिकले लामो समयसम्म निगारानी गरेपछि उक्त जीव ओल्म्स (प्रोटियस एग्निस) नामको उभयचर स्यालामेन्डर भएको पत्ता लागेको छ । आँखा नदेख्ने उक्त जीवले आफ्नो सय वर्ष पानीभित्रै बिताउने बताइएको छ । यो जीव स्लोवेनियादेखि क्रोएशियाजस्ता देशमा पनि पाइन्छ । ओल्म्सले करिब १२.५ वर्षमा एकपटक सम्भोगका लागि मात्रै आफ्नो स्थान परिवर्तन गर्ने वैज्ञानिकले बताएका छन् ।
गुफा जीवनको अध्ययन गर्ने जीव वैज्ञानिकका लागि यो राम्रो खबर हो किनभने क्रोएशियामा सात हजार बढी यस्ता दुर्गम गुफा छन् जुन मानिसको पहुँचभन्दा टाढा छ । यहाँ स्यालामेन्डरको शरीरको अंश (डीएनए र इडीएनए) पानीमा घोलिएपछि बाहिर आएको हो ।
हंगेरियन नेचुरल हिस्ट्री म्युजियमका ज्यूडिट वोरोसले भने, ‘यसअघि यस्ता जनावरको कल्पना मात्रै गरिएको थियो । यहाँ भारी वर्षाका कारण यी जीव गुफाबाट बाहिर आएपछि मात्रै हामीले यसलाई देखेका हौं । अन्यथा यिनीहरुलाई हेर्न हामीले गोताखोरी गरेर गुफाभित्रै जानु पर्दथ्यो । तर अब हामी गुफाको पानीमा भएको अंश हेरेरै यिनीहरु कहाँ छन् भनेर पत्ता लगाउन सक्छौं ।’
१० गुफामा स्यालामेन्डर छन्ः
वोरोसका अनुसार उनको समूहले एक प्रविधीको प्रयोग गरेर स्यालामेन्डरको ‘इन्भारोमेन्टल डिएनए’ परीक्षण गरेका हुन् । यो प्रविधी यसअघि वन्य जीवमा प्रयोग गरिएको थियो तर गुफामा पाइने प्रजातिमाथि भने यो पहिलो पटक प्रयोग भएको हो । यसका लागि सन् २०१४ को गर्मीमा १५ गुफाभित्रको पानीको स्याम्पल जम्मा गरिएको थियो । प्रत्येक गुफाबाट २ लिटर पानी लिएर पेपर फिल्टर गरेर ई डिएनए निकालियो । त्यसपछि १० गुफामा स्यालामेन्डर भएको पत्ता लागेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण