सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

चीनमा रहेका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्न कोइरालाको माग

सोमबार, २७ माघ २०७६, १४ : ४१
सोमबार, २७ माघ २०७६

काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले चीनमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फिर्ता गर्न माग गरेका छन् । नेता कोइरालाले हुपै प्रान्तमा रहेका १८१ नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारसँग माग गरेका हुन् ।

सोमबार कोइरालाले समाजिक सञ्जालमार्फत  संक्रमणको त्रासले हप्तौंदेखि कोठाभित्र निसास्सिएका आफ्ना नागरिकलाई तुरुन्त स्वदेश फर्काउन सरकारसँग माग गरेका हुन् । नेता कोइरालले कोरोना भाइरसबाट जोगिन संघर्षरत उनीहरुले घर फर्कन सरकार गुहारेको र परिवारको ब्याकूलताका समाचारले आफूलाई दुःखी बनाएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप