भ्रमण वर्षको पहिलो महीनामै घट्यो पर्यटक आगमन
नेपाल भ्रमण वर्षको शुरूआती महीनामै पर्यटन आगमन खस्किएको छ ।
अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२० को जनवरीमा ७९ हजार ६८६ पर्यटक नेपाल आए, जुन सन् २०१९ को जनवरीभन्दा २ प्रतिशतले कम हो । गतवर्ष जनवरीमा ८१ हजार २७३ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
भारत, अन्य एशियाली मुलुक, यूरोप, अमेरिकाबाट कम पर्यटक नेपाल आउँदा समग्र पर्यटक आगमनमा कमी आएको हो । तर, जनवरीमा चीनबाट आउने पर्यटकको संख्यामा सामान्य वृद्धि देखिएको छ । विभागका अनुसार चीनबाट १३ हजार ३०३ पर्यटक यस जनवरीमा नेपाल आए, जुन गतवर्षको सोही महीनामा १२ हजार ९१६ थियो ।
पर्यटन व्यवसायीहरूका अनुसार जनवरीमै आगमन घटनु भ्रमण वर्षका लागि सुखद लक्षण होइन । उनीहरूका अनुसार चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणको प्रभाव नेपालमा फेब्रुअरीबाट देखिनेछ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा टीपी भुसालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण