सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

डेडिकेटेड लाइनको महसुल हटाइने

मङ्गलबार, २८ माघ २०७६, ०७ : ०२
मङ्गलबार, २८ माघ २०७६

नेपाल विद्युत् प्राधिकरणले अलग्गै (डेडिकेटेड) फिडर तथा दुई सबस्टेशन बीचको प्रसारण लाइन (ट्रंक) मार्फत उद्योगहरूलाई वितरण गर्दै आएको बिजुलीको महसुल हटाउने प्रस्ताव गरेको छ । प्राधिकरणले सो प्रस्तावसहित बिजुली नयाँ महसुल दर हालै विद्युत् नियमन आयोगमा पठाएको छ । 

नयाँ महसुल सञ्चालक समितिले पारित गरेपछि प्राधिकरणले स्वीकृतिका लागि आयोगमा पठाएको हो । सो प्रस्तावमा डेडिकेटेड र ट्रंक लाइनमार्फत वितरण गरिने बिजुलीको महसुल हटाउने प्रस्ताव गरिएको छ । यदि आयोगले सो प्रस्ताव जस्ताको त्यस्तै पारित गरेमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका उद्योगहरूले त्यसको महसुल तिर्नु पर्दैन ।

तर, प्राधिकरणले त्यस्ता उद्योगहरूका लागि निर्धारण गरिएको सामान्य विद्युत् महसुल भने बढाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ विद्युत् महसुलमा नै डेडिकेटेड र ट्रंक लाइनको शुल्क समायोजन गरिएको बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप