डेडिकेटेड लाइनको महसुल हटाइने
नेपाल विद्युत् प्राधिकरणले अलग्गै (डेडिकेटेड) फिडर तथा दुई सबस्टेशन बीचको प्रसारण लाइन (ट्रंक) मार्फत उद्योगहरूलाई वितरण गर्दै आएको बिजुलीको महसुल हटाउने प्रस्ताव गरेको छ । प्राधिकरणले सो प्रस्तावसहित बिजुली नयाँ महसुल दर हालै विद्युत् नियमन आयोगमा पठाएको छ ।
नयाँ महसुल सञ्चालक समितिले पारित गरेपछि प्राधिकरणले स्वीकृतिका लागि आयोगमा पठाएको हो । सो प्रस्तावमा डेडिकेटेड र ट्रंक लाइनमार्फत वितरण गरिने बिजुलीको महसुल हटाउने प्रस्ताव गरिएको छ । यदि आयोगले सो प्रस्ताव जस्ताको त्यस्तै पारित गरेमा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका उद्योगहरूले त्यसको महसुल तिर्नु पर्दैन ।
तर, प्राधिकरणले त्यस्ता उद्योगहरूका लागि निर्धारण गरिएको सामान्य विद्युत् महसुल भने बढाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नयाँ विद्युत् महसुलमा नै डेडिकेटेड र ट्रंक लाइनको शुल्क समायोजन गरिएको बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण