इरानको मिसाइल हमलामा १ सय ९ जना सैनिक घाइते भएको अमेरिकाद्वारा स्वीकार
गत जनवरीमा इराकमा रहेको आफ्नो सैन्य बेसमा इरानले गरेको मिसाइल हमलामा घाइते भएका सैनिकको संख्या १ सय ९ पुगेको अमेरिकी अधिकारीहरुले स्वीकार गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरुमा सो हमलामा कोही पनि अमेरिकी सैनिक घाइते नभएको बताएका थिए । तर, पछि पेन्टागनले उक्त हवाइ हमलामा ६४ जना घाइते भएको बताएको थियो । अहिले सो सङ्ख्या बढेर १ सय ९ जना पुगेको हो ।
अमेरिकाले इरानी सैन्य कमान्डरको हत्या गरेपछि जनवरी ८ मा इराकमा रहेका दुई अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमण भएको थियो ।
अमेरिकी अधिकारीहरुका अनुसार सो हमलामा १ सय ९ जना सैनिक ट्रमाटिक ब्रेन इन्जुरी (टीबीआई) का शिकार बनेका हुन् । पेन्टागनले घाइतेमध्ये ७० प्रतिशत सैनिक पुनः सेवामा फर्किसकेको जनाएको छ ।

घाइते सैनिकको सङ्ख्यामा झण्डै दोब्बरले वृद्धि भएपछि रिपब्लिकन पार्टीकी सांसद जोनी अर्नेस्टले यसबारे प्रश्न उठाएकी छिन् ।
गत महिना ट्रमाटिक ब्रेन इन्जुरीबारे प्रश्न गर्दा राष्ट्रपति ट्रम्पले टीबीआई धेरै चिन्ताजनक विषय नभएको बताएका थिए ।
अमेरिकी सेनाका अनुसार युद्धग्रस्त क्षेत्रमा टीबीआई सामान्य हो । यो विशेष गरेर विस्फोटका दौरान हुनेगर्दछ । विस्फोटको कारण सैनिकको मस्तिष्कमा चोट पुग्नेगर्छ । सन् २००० यता ४ लाख अमेरिकी सेनामा टीबीआई भेटिएको अमेरिकी सरकारको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन
-
टेलर स्विफ्ट र फुटबलर ट्राभिस केल्सी विवाह बन्धनमा बाँधिए
-
एलिना र हिमाल सागरको गीत ‘ताकधिन् ताकधिन्’ सार्वजनिक
-
घानालाई १–० ले हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश
-
बालेन सरकारले १०० दिने उपलब्धि सार्वजनिक गर्दै
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीको लागि कुरिनटारबाट सोनार क्यामरा र म्याग्नेटसहितको टोली पठाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण