स्वस्थानी व्रतकथाको पाना च्यात्न सांसद यशोदा गुरुङ सुवेदीको माग
मङ्गलबार, २८ माघ २०७६, १४ : २१
१०
काठमाडौं । नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले स्वस्थानी ब्रतकथाको पुस्तकका पाना च्यात्नुपर्ने माग गरेकी छिन् । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले महिलाले ब्रत गर्ने परम्परा रहेको ऋषी पञ्चमी र स्वास्थानी च्यात्न माग गरेकी हुन् ।
उनले गृहमन्त्रालयले छाउगोठ भत्काउने काम स्वागत योग्य भएको बताउँदै मान्छेका मनमा रहेको छाउ प्रथा पनि हटाउनुपर्ने बताइन् । उनले छाउसँग जोडिएको धर्म संस्कृति र परम्परा भत्काउनुपर्ने बताउदै भनिन्– ‘के गाँउ के शहर सरकार, राजनीतिक दल, नागरिक समाज सबैको सशक्त खाँचो छ, छाउसँग जोडिएर आउने धार्मिक अन्धविश्वासहरु भत्काउन सकोस्, छाउ जस्ता संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रतकथा र ऋषीपञ्चमी ब्रतकथाका पानाहरु च्यात्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१० प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण