एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघइलाई नेपाल सरकारको सीआईपी सम्मान
काठमाडौं– एन आई सी एशिया बैंकका सञ्चालक रामचन्द्र संघइलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याएवापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)” सम्मानबाट सम्मानित गरिएको छ ।
सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबै भन्दा ठूलो सम्मान हो । नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत मंगलवार आयोजना गरेको एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघइलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरि सम्मान प्रदान गरे ।
संघइ अध्यक्ष रहेको त्रिवेणी स्पिनिङ मिल्स (बारा) नेपालबाट तेस्रो मुलुकमा सबै भन्दा बढि रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रुपमा रहेकोले उक्त सम्मानबाट उनलाई नेपाल सरकारले विभुषित गरेको हो ।
बैंकका सञ्चालक संघइ सम्मानित भएसँगै एनआईसी बैंक परिवारले उनलाई हार्दिक बधाइ ज्ञापन गर्दै आगामी दिनहरुमा यस्तै कामका लागि थप प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण