मलाइका बिहेका लागि तयार, तर राजी भएनन् अर्जुन कपूर
बलिउडमा यतिबेला चर्चामा रहेको जोडी हो, अर्जुन कपूर र मलाइका अरोरा । उनीहरु प्रायः एकसाथ विभिन्न कार्यक्रममा सहभागी भएका फोटो र भिडियोहरु पनि निकै भाइरल भइरहेका छन् । यो जोडीलाई धेरै दर्शकले मन पनि पराएका छन् । यति मात्र होइन सामाजिक सञ्जालमा उनीहरुको विवाहलाई लिएर पनि उत्तिकै चर्चा भइरहेको छ ।
विवाहको विषयलाई लिएर भारतीय सञ्चारमाध्यमले विभिन्न तरिकाले समाचार पनि लेखेका छन् । स्रोतलाई उल्लेख गर्दै एक सञ्चार माध्यमले मलाइका अर्जुनसँग विवाह गर्न तयार रहेको बताएको छ । उनी तयार भए पनि अर्जुन भने अझै तयार नभएको बताउँदै आएका छन् । एक रिपोर्टका अनुसार अर्जनुले अहिले नै विवाह गर्ने समय नआएको बताएका छन् ।
केही समय अगाडि एक अन्तर्वार्तामा अर्जुनले विवाहको लागि परिवारको कुनै पनि दबाब नभएको उल्लेख गरेका थिए । उनले आफूलाई विवाह गर्ने र घरबार बसाउने इच्छा लागेपछि विवाह गर्ने पनि उल्लेख गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण