अफगानिस्तानमा हिमपहिरो, ७ जनाको मृत्यु
एजेन्सी । अफगानिस्तानको एक प्रान्त दायकुन्डीकोे एक गाउँमा आएको हिमपहिरोमा परी एकै परिवारका चार सदस्यको मृत्यु भएको छ । यस हिमपहिरोमा परी घाइते भएका सोही परिवारका अन्य एक जनालाई उद्धार गरिएको छ । त्यस पहिरोमा परी दुई जना बेपत्ता भएका प्रान्तीय सरकारका प्रवक्ताले बिहीबार बताएका छन् ।
दुर्गम स्थानमा रहेको मिरामुर जिल्लाको हेसर गाउँमा यो घटना भएको बताइएको छ । बुधवार अवेर राति घर हिमपहिरोले पुरिएपछि एक परिवार प्रभावित भएको सरकारका प्रवक्ता सकीना एहसानीले सिन्ह्वालाई बताएका छन् ।
स्थानीय गाउँलेहरुले चार जनाको लास भेट्टाएको र यसै परिवारका एक सदस्य घाइते भएका र उनलाई उद्धार गरेको अझै दुई जना बेपत्ता रहेका प्रवक्ता बताएका छन् । अफगानिस्तानको राजधानी काबुलबाट २९० किलोमिटर पश्चिममा रहेको सो प्रान्तमा बुधबारको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको तथा सोही दिन छिमेकमा पर्ने प्रान्तमा अन्य तीनको मृत्यु भएपछि यो सङ्ख्या सात पुगेको छ ।–सिन्ह्वा/Photo: www.pajhwok.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण