नागरिक अधिकार
बिहीबार, ०१ फागुन २०७६, १६ : ३९
स्नेह सायमि
जसरी
बनाउनेहरुले बनाउने बेलामानै
हिंड्नै नहुने बनाउंछन
मैले नहिंडी नहुने पेटीहरु
जसरी
संगै जोडीएको पसलेले
अतिक्रमण गर्छ
मैले पाइताला नटेकी नहुने भूमि
जसरी
संबिधानमा उल्लिखित
अधिकारका अक्षरहरुबाटै
किचेर मारिन्छ नागरिक
जसरी कुनै पनि हत्या नदेखेझैं
मौन भइदिन्छन् मेरै सहयात्री
म कसरी बस्न सक्छु
बन्द लकरमा
“सुरक्षित”सांचेर
आफ्ना तिखा आंखाहरु ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण