कानून बनाएर पठाओ र टुटल सेवा सञ्चालन गर्न उच्च अदालतको आदेश
बिहीबार, ०१ फागुन २०७६, २२ : १९
ललितपुर । उच्च अदालत पाटनले मोटरसाइकलमा भाडामा लिएर यात्रु बोक्ने पठाओ र टुटलजस्ता सेवालाई कानून बनाएर सञ्चालन गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय श्रीमणकुमार गौतम र मीना गौतम सेढाईंको संयुक्त इजलासले बुधबार कानून बनाएर मात्र त्यस्तो सेवा सञ्चालन गर्न परमादेश जारी गरेको हो ।
अखिल नेपाल मजदूर सङ्घ ट्याक्सी विशेष जिल्ला कमिटीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागलगायतलाई विपक्षी बनाई गत मङ्सिर २२ गते रिट निवेदन दायर गरेको थियो । पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको निर्देशनमा विभागले भाडामा मोटरसाइकल नचलाउन सूचना प्रकाशित गरेको भएपनि उक्त सेवा बन्द भएको थिएन । उच्च अदालत पाटनले अहिले सो सेवा सञ्चालन बन्द गर्न भनेको छैन । कानून बनाएर सञ्चालन गर्न भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण