इराकमा अमेरिकी सेनाको बेसमा रकेट हमला
इराकको दुर्गम किर्कुक प्रान्तमा रहेको अमेरिकी सेना रहेको सैन्य ठेगाना (बेस) मा रकेट हमला भएको छ । घटनामा कुनै हताहती नभएको एएफपीले इराकी तथा अमेरिकी सुरक्षा स्रोतलाई उद्धृत गर्दै लेखेको छ ।
अलजजिराका अनुसार के–वान बेसमा बिहीबार राति करिब ८ बजेर ४५ मिनेटमा रकेट प्रहार भएको थियो । लगत्तै, अमेरिकी सेनाको विमानले सो क्षेत्रमा गस्ती सुरु गरेको थियो ।
सन् २०१९ को डिसेम्बर २७ पछि उक्त बेसमा हमला भएको यो पहिलो पटक हो । त्यतिबेला बेसमा एकैपटक ३० वटा रकेट प्रहार हुँदा एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो । वासिङटनले उक्त हमलाको आरोप इरानसँग निकट रहेको काइताब हजबुल्लाहमाथि लगाएको थियो ।
अमेरिकाले उक्त आक्रमणको जवाफी कारवाही गर्दा २५ काइताब हजबुल्लाह लडाकु मारिएका थिए । केही दिनपछि अमेरिकाले इस्लामिक रेभुलुसनरी गार्ड कर्प्स (आईआरजीसी) कुड्स फोर्सका जनरल कासेम सुलेमानी तथा काइताब हजबुल्लाहका संस्थापक अबु महदी अल मुहान्दिसको ड्रोन हमला गरी हत्या गरेको थियो ।
पछिल्लो रकेट हमला पनि यही हत्याको विरुद्धमा भएको हुनसक्ने अनुमान गरिएको छ ।
सुलेमानी र महदीको हत्यापछि इराकी सांसदले जनवरी ३ मा इराकमा रहेका ५ हजार अमेरिकी सेनालाई त्यहाँबाट हट्न मतदान गरेको थियो । तर, अझै पनि अमेरिकी सेना इराकमा तैनाथ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण