माया दर्साउन उपहार (फोटोफिचर)
फेब्रुअरी १४ तारिख । भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवस । यो दिवस नेपालसहित विश्वभर मनाइँदैछ ।
पश्चिमा देशमा विशेष रुपमा मनाइने यो दिवस पछिल्ला वर्षमा नेपालमा पनि व्यापक रुपमा मनाईंदै आएको छ । यो दिवस विशेषगरी युवा पुस्तामा लोकप्रिय बन्दै आएको छ ।
यो दिवसमा युगल जोडीले आफ्नो माया साटासाट गर्ने गर्छन् । हुन त माया गर्नेहरुका लागि प्रत्येक दिन भ्यालेन्टाइन्स डे हुन्छ तर कुनै विशेष दिन पारेर आफ्नो माया व्यक्त गर्नु कम रोचकपूर्ण हुँदैन । त्यसैले त धेरै विवाहित तथा अविवाहित जोडीले यो दिनलाई विशेष बनाउन विभिन्न उपहार तथा फूल किनेर आफ्नो पार्टनरलाई दिने गर्छन् । जसका कारण मल तथा गिफ्ट पसलमा भ्यालेन्टाइन विक सुरु भएलगत्तै चहलपहल सुरु भएको छ । यो दिनलाई लक्षित गर्दै गिफ्ट पसलमा पनि उपहार दिन मिल्ने वस्तु खचाखच भरिएका छन् ।

भ्यालेन्टाइन्स डेमा दुई चार पैसा जोहो गर्ने उद्देश्यले केही वृद्धाले फुटपाथमा गुलाबका फूल पनि बेचिरहेको देख्न सकिन्छ ।
राजधानीका विभिन्न स्थानमा भ्यालेन्टाइन्स विक सुरु भएलगत्तैदेखि सुरु भएको चहलपहललाई रातोपाटीले आफ्नो लेन्समा कैद गरेको छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण