मन्त्रीलाई कालोमोसो दल्न पुगेका करिब दर्जन युवा गिरफ्तार
शनिबार, ०३ फागुन २०७६, १३ : ५१
जनकपुर । प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशोर साहलाई कालोमोसो दल्न पुगेका करिब एक दर्जन राजपा नेपाल समर्थित युवालाई प्रहरीले पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित जानकी हेप्थ केयर एण्ड टिचिङ अस्पतालमा एक कार्यक्रममा सहभागि हुन पुगेका मन्त्री साहलाई उनकै कार्यकर्ताहरुले कालो झण्डा र कालोमोसो दल्ने कार्यक्रम गर्ने योजना प्रहरीले जानकारी पाएपछि उनीहरुलाई पक्राउ गरेको हो ।
राजपा धनुषाका जिल्ला अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा ज्ञानु र मन्त्री साह बिच शुक्रवार साँझ भएको विवादपछि अवस्था तनावग्रस्त बनेको थियो ।
ज्ञानेन्द्र झाले मन्त्री साहले आफूलाई औकातमा ल्याइदिने भन्दै दुव्र्यवहार गरेको आरोप लगाउँदै मन्त्री साहलाई कालोमोसो दल्ने उद्घोष नै गरेको थियो ।
पक्राउ गरिएका युवाहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण