आज हल्का वर्षाको सम्भावना
आइतबार, ०४ फागुन २०७६, ०८ : १२
मौसम पूर्वानुमान महाशाखाले आज हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा पहाडी क्षेत्रका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको हो ।
अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको महाशाखाले जानकारी दिएको छ । यसैगरी देशका धेरै स्थानमा भने आंशिक र सामान्य बदली भएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। । पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैगरी, राति देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको निर्यात वृद्धि
-
कुशलको नाममा नयाँ कीर्तिमान
-
लंका प्रिमियर लिगमा तीन नेपाली खेलाडी अनुबन्ध
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण