बुटवल उपमहानगरका घरमा ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ
बुटवल । बुटवल उपमहानगरपालिकाले नगरको भौगोलिक सूचना प्रणालीलाई अद्यावधिक गर्दै जीआईएसका आधारमा घर नम्बरिङ गरेको छ । विवरणलाई डिजिटल प्रविधिमार्फत अध्यावधिक गर्दै घरमा नम्बर टास्ने काम सुरु गरिएको हो ।
बुटवल उपमहानगरपालिकाको ६१ औं स्थापना दिवसका अवसरमा नगरप्रमुख शिवराज सुवेदीले बुटवल वडा नं.८ राजमार्ग चौराहास्थित प्रहरी सपिङ कम्प्लेक्समा ‘ए००२’ २०५६ नम्बरको निलो टिनको नम्बर कार्ड टास्दै नम्बरिङ सुरु गरे ।
प्रमुख सुवेदीले उपमहानगरभित्रका घरलाई व्यवस्थित बनाउन र नम्बरबाटै पहिचान हुने बनाउन आधुनिक हिसाबले घर नम्बरिङ गरिएको बताए ।
सेवाग्राहीलाई प्रवाह गरिने सेवा, उपमहानगरका सेवाकेन्द्रहरु, सार्वजनिक क्षेत्र, सडक, विद्यालयदेखि वन क्षेत्र र ती स्थानदेखि आफ्नो घर कहाँनिर पर्छ भनेर हेर्न मिल्नेगरि ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको उनको भनाइ थियो ।
भौगोलिक अध्ययनका विज्ञहरु सम्मिलित परामर्शदाता छनौट गर्दै १ देखि ११ वडाका सबै घरको ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ गरिएको हो । अहिले काम पूरा भएका वडाहरु उपमहानगरमा सबैभन्दा धेरै जनसङ्ख्या रहेका वडा हुन् । दोस्रो चरणमा वडा नं. १२ देखि १९ मा ‘मेट्रिक्स एड्रेसिङ सिस्टम’बाट नम्बरिङ सुरु गरिएको प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।
अहिलेसम्मकै आधुनिक एवम् वैज्ञानिक सिस्टमबाट घर नम्बरिङ गरिएपछि अब कुन घर कुन रोडको कति नम्बरमा पर्छ भन्ने जानकारी जीपीआरएस सिस्टमबाट थाहा पाउन सकिने छ । डिजिटल नम्बरिङपछि बारुण यन्त्र, एम्बुलेन्स, सुरक्षा व्यवस्थापनका कामहरुमा सहज हुने र पाहुनाले समेत गुगल म्यापबाट घर पत्ता लगाउन सक्नेगरि भौगोलिक सूचना प्रणालीको विकास गरिएको उपमहानगरले जनाएको छ ।
बुटवल उपमहानगरपालिकाले अहिले इलेक्ट्रोनिक्स बिल्डिङ परमिट सिस्टममा भवनहरुको विवरणलाई अनलाइनमार्फत व्यवस्थित गरिरहेको छ । गत वर्ष वैशाख १ गतेदेखि यस्तो प्रणाली सुरु गर्ने बुटवल उपत्यका बाहिरको पहिलो नगर भएको बताइन्छ ।
यस प्रणाली अन्तर्गत हालसम्म दुई हजार सात सय ७६ नक्सा दर्ता भएको र झण्डै एक हजार पाँच सय जनाले सम्पन्न प्रमाणपत्र लिइसकेको वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण