खाद्य वस्तुको मूल्यवृद्धि १० प्रतिशत नाघ्यो
तरकारी, मसला, दाल तथा गेडागुडी र फलफूल जस्ता खाद्यान्न तथा पेय पदार्थको महँगी घट्न नसक्दा मूल्यवृद्धिमा निरन्तर दबाब परेको छ । आर्थिक वर्ष (आव) २०७६र७७ को पुससम्म खाद्य तथा पेय पदार्थको मूल्य १० दशमलव २१ प्रतिशतले बढेको छ भने गैरखाद्यअन्तर्गत शिक्षा, लुगा तथा जुत्ता र फर्नि्सिङ तथा घरायसी उपकरण आदिको ४ दशमलव २५ प्रतिशत मूल्यवृद्धि भएको छ । यसबाट समग्रमा मूल्यवृद्धिमा चाप पर्दा पुससम्ममा उपभोक्ता मुद्रास्फीति ६ दशमलव ८२ प्रतिशत वृद्धि भएको नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले देखाएको छ ।
आव २०७५र७६ को यही अवधिमा यस्तो मुद्रास्फीति ४ दशमलव ५८ प्रतिशत रहेको थियो । केन्द्रीय बैंकको तथ्यांकअनुसार सो अवधिमा प्राथमिक वस्तुसमूह अन्तर्गत खाद्य वस्तु तथा उत्पादित वस्तु समूहअन्तर्गत खाद्य, पेय तथा सुर्तीजन्य पदार्थ एवम् छाला तथा छालाजन्य पदार्थको थोक मूल्य वृद्धि उच्च रहेको छ । तर, निर्माण सामग्रीको थोक मूल्य ५ दशमलव शून्य ६ प्रतिशतले घटेको राष्ट्र बैंकले बताएको छ ।
सरकारले चालू आवमा मूल्यवृद्धि ६ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ । तर, गत मंसिर महीनादेखि मूल्य वृद्धि लक्ष्यभन्दा माथि पुग्न थालेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री लामिछानेले संसद्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोताका जस्तो भयो : गगन थापा
-
प्रसिद्ध धार्मिक क्षेत्र ‘कैलाश–मानसरोवर’ अब हेलिकप्टरमा सरर...
-
संसद्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
-
‘राज्यले व्यवसाय गर्ने होइन, उद्योगीलाई सहजीकरण गर्ने हो’
-
पञ्जाबलाई हराउँदै दोस्रो स्थानमा उक्लियो हैदराबाद
-
विदेश पठाउँछौँ भनेर ठगेको आरोपमा ३ जना पक्राउ