रेशम चौधरीको रिहाईको माग गर्दै विरोध प्रदर्शन
कैलाली । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जनालाई रिहाइको माग गर्दै थारुहटका नेताहरुले विरोधसभा गरेका छन । २०७२ सालमा भएको टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न र सांसद चौधरीसहित ११ जनालाई रिहाइको माग गर्दै आज कैलालीमा थारुहटका नेताहरुले विरोधसभा गरेका हुन् । सभालाई सम्वोधन गर्दै थरुहट थारुवान राष्ट्यि मोर्चाका केन्द्रीय प्रवक्ता मिनराज चौधरीले आफ्नो अधिकारको लागि लडने थारुको छोरो सांसद चौधरीलाई झुटा मुद्दा लगाएर थुनामा राख्नु वडो दुःखदायी भएको वताए ।
अब हामी चुप लागेर बस्देैनौ उनले भने जबसम्म सरकारले संविधान संशोधन गरी थारुको अधिकार दिँदैन र सांसद चौधरीसहित ११ जनाको रिहाई नगरिदा सम्म आन्दोलन जारी रहने बताए । सांसद चौधरीसहित ११ जना रिहाइ लगायत १४ बुँदे मागसहित थरुहट थारुवान मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु कैलालीको क्याम्पस रोडमा आमरण अनसन बसेको ५ दिन भइसक्दा पनि सरकारको ध्यान जान नसक्नु दुःखदायी भएको थारु नेताहरुको भनाई छ ।
सांसद चौधरीलगायत ११ जनाको रिहाई र पूर्वन्यायाधीश गिरिशचन्द्रलाल नेतृत्वको न्यायिक समिति, गृहमन्त्रालयद्वारा अनुसन्धानका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा गठिन छानविन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदनहरु सार्वजनिक गर्ने लगायतका १४ बुुँदे मागसमेत रहेका छन् ।
मोर्चाको प्रदर्शनलाई आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाल लगायत संघ–संस्थाले पनि ऐक्यवद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण