एमसिसी नेपालको हितमा छ : राप्रपा अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष थापाले एमसिसीको देशको हितमा रहेपनि नागरिकमा अनेक आशङ्का पैदा भएकाले सरकारले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने बताए । “सम्झौताप्रति भ्रम उत्पन्न भएको छ, त्यो चिर्ने काम सरकारले गर्नुपर्छ । उनले भने, “एमसिसी संसद्मा पारित हुने विषय ठूलो नभएपनि आधिकारिक धारणासहित कार्यान्वयनमा लैजानुपर्छ ।’
अध्यक्ष थापाले नागरिकको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेपनि पाँच वर्षसम्म कायमै रहने बताए । “विगतमा अस्थिरताबाट जनता वाक्क भएका छन् । सरकार ढाल्ने कुरामा जनताको रुचि छैन”, अध्यक्ष थापाले भने, “जनतालाई स्थिर सरकार चाहिएको छ ।”
विगतको निर्वाचनमा भोग्नुपरेको पराजयबाट पाठ सिकेर कमजोरी हटाउँदै पार्टीलाई देशको अग्रणी संस्थाको रुपमा अघि बढाउने अभियानमा लागेको बताउदै अध्यक्ष थापाले पार्टीलाई हिन्दू राज्य र राजसंस्थासँग मात्रै जोडेर नहेर्न आग्रह गरे । उनले राष्ट्रिय एकता, शान्ति र स्थायित्वका लागि साझा संस्थाको रुपमा राजसंस्था आवश्यक रहेको निष्कर्ष पार्टीको रहेको जनाउँदै राजसंस्थालाई राजनीतिक विवादमा तान्न नहुने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम हमला : भारतमा काम गरिरहेका पाकिस्तानी कलाकारहरू समस्यामा, चलचित्र संघको प्रतिबन्ध
-
चार दिन लगातार घटेको नेप्सेमा सामान्य सुधार, ७ अर्ब बढीको कारोबार
-
‘जब गिरिजाबाबु र शेरबहादुरजी ‘बेबी किङ’प्रति सफ्ट हुनुभयो’
-
शिक्षामन्त्री पन्तको शपथ अपरान्ह ४ बजे
-
फाईबरमा तार सर्ट हुँदा बसमा आगलागी
-
एयरपोर्ट छानबिन रिपोर्टको परकम्प: पोखरा रङ्गशालाको छानबिन गर्न दबाब