स्यालुट नगरेको भन्दै सिंहदरबारका इन्स्पेक्टरले प्रहरी जवानलाई कुटे (भिडियोसहित)
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) विक्रम सुवेदीले कार्यालय समयमा ड्युटी गरिरहेका प्रहरी जवानलाई कुटपिट गरेको भिडियो रातोपाटीलाई प्राप्त भएको छ ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारमा कार्यरत इन्स्पेक्टर सुवेदीले ड्युटीमा काम गरिरहेका प्रहरी जवान बलबहादुर विश्वकर्मालाई कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ ।
सलाम गर्न नभ्याउँदा ड्युटीको समयमा काम गरिरहेका प्रहरी जवान विश्वकर्मालाई इन्सपेक्टर सुवेदीले कुटपिट गरेको बताइएको छ ।
भिडियोमा अन्य दुई जना प्रहरीलाई पनि देख्न सकिन्छ । तर, उनीहरु पनि इन्सपेक्टर सुवेदीले विश्वकर्मालाई कुटेको हेरेर मात्र बसेका छन् ।
यस विषयमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी कौशल कुमार बुढाथोकीसँग बुझ्दा घटनाबारे अनविज्ञ रहेको बताए । उनले भने, ‘इन्सपेक्टर सुवेदी र जवान विश्वकर्मा सिंहदरबार वृत्तमा कार्यरत छन् । तर घटना भएको जस्तो लाग्दैन ।
यसैबीच प्रहरी इन्सपेक्टर सुवेदीले आफूले हातपात गरेको नभइ सम्झाइ बुझाइमात्रै गरेको दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण