चोरी गरिरहेको अवस्थामा २ जना पक्राउ
मङ्गलबार, ०६ फागुन २०७६, १३ : ०८
भक्तपुर । मध्यपुर थिमी नगरपालिका-२ सानोठिमी डेरा गरी बस्ने सिन्धुपाल्चोक साँगागढी घर भएका २० वर्षीया जुनु श्रेष्ठको कोठामा चोरी गरिरहेको अवस्थामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ताप्लेजुङ चिडिउवा घर भई काठमाडौं बस्ने पुजन लिम्बु र काभ्रे घर भई काठमाडौं डल्लु बस्ने अनिल तामाङ रहेका छन् ।
महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई चोरी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै लिम्बुको साथबाट छिनो १ थान र नगद ५ हजार ३ सय १५ रुपैयाँ तथा तामाङको साथबाट खुकुरी १ थान र नगद १५ हजार ५ सय रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्यासमा हुने कालोबजारी नियन्त्रण गर्न समितिको निर्देशन
-
मधेस प्रदेशमा आर्थिक विनियोजन विधेयक पारित
-
सिद्धिडाँडामा प्रचारप्रसार र पूर्वाधार आवश्यकता
-
सरकारले बर्डफ्लुबाट कुखुरा मरेपछि पीडित किसानलाई ५० करोड ७१ लाख राहत उपलब्ध गरायो
-
चीनको आर्थिक वृद्धि तीन वर्षयताकै न्यून
-
कुवेत र बहराइनकाे दाबी : इरानी हवाई आक्रमण विफल पार्याैँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण