छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौं । कास्की र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
कास्कीको पोखरा महानगरपालिका-१४ चाउथेस्थित सडकमा प्रदेश नम्बर ३-०१-०२२ च ०६६१ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका कारमा सवार स्याङ्जा विरुवा घर भएका २७ वर्षीय याम बहादुर मगरको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बाराको पचरौता नगरपालिका-८ ढोरापुल नजिक ना.२३ प २७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पचरौता नगरपालिका-८ बस्ने २२ वर्षीय बिजय यादव र मोटरसाइकलमा सवार ५५ वर्षीय रामेश्वर यादवको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण