छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौं । कास्की र बाराका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
कास्कीको पोखरा महानगरपालिका-१४ चाउथेस्थित सडकमा प्रदेश नम्बर ३-०१-०२२ च ०६६१ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका कारमा सवार स्याङ्जा विरुवा घर भएका २७ वर्षीय याम बहादुर मगरको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी बाराको पचरौता नगरपालिका-८ ढोरापुल नजिक ना.२३ प २७४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक पचरौता नगरपालिका-८ बस्ने २२ वर्षीय बिजय यादव र मोटरसाइकलमा सवार ५५ वर्षीय रामेश्वर यादवको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको पत्रकारिता र शुद्धीकरणको तमासा
-
नोटको चुच्चे नक्साले ल्याएको नयाँ तरङ्ग : नेपाल–भारत सम्बन्धमा कस्तो असर पर्ला ?
-
पाकिस्तान: सेनाको कारबाहीमा दश सन्दिग्ध चरमपन्थी मारिए
-
उदयपुर सिमेन्टसहित २५ करदाताको नाममा सूचना जारी
-
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगर र क्याम्पसहरूबिच समझदारी
-
‘फूल लाग्ने समयमा पर्याप्त पानी नभए मकै शत प्रतिशत नोक्सान हुन्छ’