युगान्डाको कम्पालामा रक्तदान कार्यक्रम सम्पन्न
युगान्डा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आइतवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालाको आकासिस मलमा भएको रक्तदानमा १ सय ३३ जनाले रक्तदान गरेका थिए ।
रक्तदानमा नेपालीका अलावा स्थानीय युगान्डीयन र अन्य देशका व्यक्तिहरुले पनि रक्तदान गरेका थिए । स्थानीय ब्लड बैंकलाई सोही दिन रगत हस्तान्तरण गरिएको आयोजक समितिका अध्यक्ष विनोद थापाले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठनका अनुसार युगान्डालाई वर्षेनी ३ लाख चालीस हजार युनिट अरगत आवश्यक पर्ने गर्दछ । जसमध्ये २ लाख युनिट मात्र संकलन हुँदै आएको छ ।
रगतको अभावले धेरै युगान्डायालीहरुको अकालमा नै मृत्यु हुने गरेको पाइएकोले रगतको अभाव हुन नदिनका लागि गैरआवासीय नेपाली संघले रक्तदान कार्यक्रमको आयोजना गरेको आयोजक समितिका उपाध्यक्ष प्रेम बहादुर श्रेष्ठले जानकारी दिए ।
गैर आवासीय नेपाली संघका महासचिव कमल दत्त भट्टका अनुसार रक्तदानमा युगान्डायालीहरुको चासो हुने गरेको र नेपालीहरुलाई धन्यवाद दिने गरेका छन् ।
रक्तदान कार्यक्रमका महिला उपाध्यक्ष तारा गिरी, सचिव धनराज गिरी, कोषाध्यक्ष संजिव सापकोटा, सहकोषाध्यक्ष कल्पना अर्याल गैरे, महिला संयोजक वर्षा क्षेत्री, कार्यकारी सदस्य श्रवण, रमा अर्याल, निक्कु केसीलगायतले सक्रिय भूमिका निभाएका थिए ।
रक्तदान कार्यक्रम आयोजना गरेर युगान्डाली जनताको ज्यान जोगाउन गैरआवासीय नेपालीले गरेको कार्यको स्थानीय चिकित्सक डा.डोरोथ्री चेयुले धन्यवाद ज्ञापन गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण