एमसीसी पारित गर्ने सरकारी तयारीप्रति मोहनबिक्रमको विरोध
काठमाडौं । नेपाल कम्युस्टि पार्टी (मसाल) ले एमसीसीबारे विवाद भइरहेका बेला संसदबाट पारित गराउने सरकारी तयारीको विरोध गरेको छ ।
मंगलबार सो पार्टीका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति जारी गर्दै सरकारी तयारीको विरोध गरेका हुन् ।
सिंहले एमसीसीबारे अहिले देशमा गम्भीर विवाद उठिरहेको भन्दै त्यो इण्डो प्यासिफिक रणनीतिको अंग भएको र उद्देश्य अमेरिकी साम्राज्यवादको सेवा गर्नु नै रहेको दावी गरेका छन् ।‘एमसीसीका विकास सम्बन्धी कार्यक्रमहरु खाली वाह्य र प्रकट रुपहरुमात्र हुन् ।
स्वयं अमेरिकाका उच्च अधिकारी र काठमाडौंस्थित अमेरिकी दुतावासले समेत त्यो इण्डो प्यासिफिक रणनीतिको अंग भएको कुरा सार्वजनिक गरिसकेका छन् । त्यो अवस्थामा त्यसलाई इण्डो प्यासिफिक रणनीतिको अंग नभएको भनेर चोख्याएर संसदद्वारा पारित गराउने सरकारको प्रयत्नलाई हाम्रो पार्टीले अत्यन्त आपत्तिजनक मान्दै त्यसको कडा शब्दमा विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण