कर्मचारी खोज्दै सिंहदरबार
संघीयताको कार्यान्वयनसँगै तीन तहको निर्वाचन पश्चात काठमाडौंको सिंहदरबार गाउँगाउँ आएको सरकारले दाबी गरे पनि अहिले स्थानीय सरकार भने कर्मचारी खोज्दै सिंहदरबार धाउन बाध्य भएका छन् ।
सिंहदरबारबाट काम गर्न स्थानीय तहमा आएका कर्मचारीहरुको अनियमित सरुवाले स्थानीय तहको काम भने प्रभावित भएको छ ।
पर्साका स्थानीय तहहरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थायी कर्मचारी पठाउन नसक्दा स्थानीय सरकारले काम गर्न नसकेको गुनासो गरेका छन् । तीन तहको सरकार गठनपछि देखिएको व्यावस्थापकीय संक्रमणको दुई वर्षमा पनि स्थानीय तहमा अझै कर्मचारी व्यावस्थापन हुन नसक्दा स्थानीय सरकारले काम गर्न सकेको छैन । १४ वटा स्थानीय तह रहेको पर्साको केही स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीयले नै काम चलाइरहेका छन् ।
पर्साको वीरगन्ज महानगरपालिका, पोखरिया नगरपालिका, बुहदरामाई नगरपालिका, ठोरी गाउँपालिकालगायतका स्थानीय तहमा अहिले प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्त प्रमुख प्रशासकीय अधिकृतहरुले दैनिक कार्य सम्पादन गरिरहेका छन् । स्थानीय तहका प्रमुख कार्यकारी अधिकृतहरुको पटक पटकको सरुवाले गर्दा जनताको काममा भने प्रभाव परेको छ ।
यो खबर आजको कारोबार दैनिकमा नीरज पिठाकोटेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण