उद्योग वाणिज्य संघका उम्मेदवारको गाडीमा आगजनी
बुधबार, ०७ फागुन २०७६, १३ : १७
बुटवल । दाङको बिजौरी उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिएका प्रेमनाथ योगीको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।
योगी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित वामपन्थी प्यानलबाट बिजौरी उद्योग वाणिज्य संघमा अध्यक्षका उम्मेदवार हुन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१९ हाडिमेस्थित योगी कै घर अगाडि पार्किङ गरेर राखिएको बा१९च १७६४ नम्बरको स्कारपिओ गाडीमा अज्ञात समूहले राति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बुधबार जानकारी दिए ।
आगजनी कसले ग¥यो भन्ने पहिचान हुन सकेको छैन । आगजनीबाट गाडीको पछाडिको टायरमा क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवाले बोलाए विपक्षी दलको बैठक
-
स्पेनिस ला लिगा : लोपेजको दुई खेलमा बार्सिलोनाको जित
-
भारतीय निर्वाचनले जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द
-
बागमती प्रदेश : दश महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व सङ्कलन
-
जेठमा ५ फिल्म रिलिज हुने : स्टारको भिडन्त, कथामा भेराइटी
-
सहकारी पीडितका पक्षमा उभिए कास्कीका राजनीतिक दल, गृहमन्त्री जिम्मेवार नभएको आरोप