उद्योग वाणिज्य संघका उम्मेदवारको गाडीमा आगजनी
बुधबार, ०७ फागुन २०७६, १३ : १७
बुटवल । दाङको बिजौरी उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिएका प्रेमनाथ योगीको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।
योगी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित वामपन्थी प्यानलबाट बिजौरी उद्योग वाणिज्य संघमा अध्यक्षका उम्मेदवार हुन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१९ हाडिमेस्थित योगी कै घर अगाडि पार्किङ गरेर राखिएको बा१९च १७६४ नम्बरको स्कारपिओ गाडीमा अज्ञात समूहले राति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बुधबार जानकारी दिए ।
आगजनी कसले ग¥यो भन्ने पहिचान हुन सकेको छैन । आगजनीबाट गाडीको पछाडिको टायरमा क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण