‘आमा’ अभिनयमा अवसर पाउनु मेरो गुडलक : मिथिला शर्मा
काठमाडौं । अभिनेत्री मिथिला शर्माले फिल्म ‘आमा’ प्रदर्शनपछि आफ्नो परिचय ‘आमा’को रुपमा हुने बताएकी छन् । ‘आमा’को अभिनय बिषयमा कुराकानी गर्दै उनले फिल्म आफ्नो अभिनय जीवनको दोस्रो ट्रनिङ प्वाइन्ट हुने बताइन् ।
२०५० सालमा प्रदर्शनमा आएको फिल्म ‘दिदी’ आफ्नो अभिनय करियरको पहिलो टर्निङ पोइन्ट भएको बताएकी शर्माले उक्त फिल्मबाट आफू चलचित्र क्षेत्रमा दिदीका रुपमा समेत चिनिएको सुनाइन् । ‘आमा’ अभिनय पछि धेरैले आमा भन्न थालेका छन्’ उनले थपिन् ‘ म यसलाई दोस्रो टर्निङ पोइन्ट मान्दछु ।’
अभिनयमा पारंगत मानिने अभिनेत्री शर्मा थोरै फिल्म खेल्छिन् । तर जुन भूमिका निर्बाह गर्दिछिन् । त्यसमा आफुलाई पुरै रुपमा ढाल्न सफल हुन्छिन् ।
वि.सं. २०४२ सालमा चेतन कार्कीको निर्देशन रहेको फिल्म ‘विश्वास’बाट फिल्म अभिनयमा भित्रिएकी मिथिलाको शिव रेग्मी निर्देशित फिल्म ‘सुख–दुःख’को भूमिकाको छाप दर्शककमा अझै पनि छ । त्यो भन्दा गहिरो छाप ‘आमा’ले बनाउने उनको भनाइ रहेको छ ।
‘आमा’ मिथिलको हातमा ‘सूर्यमाला खनाल’ले छोडेपछि मात्र परेको हो । खनालले व्यक्तिगत कामका कारण फिल्म गर्न नसक्ने भनेर हात झिकेपछि मिथिला भित्रिएकी थिइन् ।
यो फिल्म छाड्नु सूर्यमालाको ब्याडलक र आफ्नो गुडलक भएको शर्मा बताउँछिन् । भनिन् ‘‘आमा’ जस्तो फिल्म कमै कलाकारले अभिनय गर्ने अवसर पाउँछ ।’
दीपेन्द्र. के खनालको निर्देशन रहेको फिल्म ‘आमा’मा मिथिलाको अलवा अभिनेत्री सुरक्षा पन्तको पनि मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण