प्रतिबन्धपछिको पहिलो खेलमा सिटी विजयी
केभिन डि ब्रुयनाले एक गोल गर्दै अर्को गोलको अवसर सृजना गरेपछि म्यान्चेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा वेस्ट ह्याममाथि २–० को सहज जीत हासिल गरेको छ । युरोपियन प्रतियोगितामा युईएफएले दुई वर्षको प्रतिबन्ध लगाएपछि सिटीको यो पहिलो खेल थियो ।
शुक्रबार सुनाइएको प्रतिबन्धको सजायबिरुद्ध सिटीले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टमा पुनरावेदन गर्ने जनाइएको छ ।
यता, मैदानमा सिटीका समर्थकहरुले युरोपेली फुटबलको नियामक निकायविरुद्ध नाराबाजी गरेका थिए । जब रोड्रीले खेलको ३० औँ मिनेटमा गोलगरेपछि युईएफए विरोधी नारा झन् घन्किएको थियो । उनीहरुले युईएफए विरोधी ब्यानर पनि देखाएका थिए ।
खेलको ६२ औँ मिनेटमा डि ब्रुयनाले गोल गर्दै सिटीको जीत सुनिश्चित गरे । यसबीच ग्याब्रियल जिसुसले गोलको थुप्रै अवसर गुमाएका थिए ।
जीतपछि २५ खेलपछि सिटीको ५१ अंक रहेको छ र शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा २२ अंकले पछि रहेको छ। अब सिटीले शनिबार तेस्रो स्थानमा रहेको लेस्टर सिटीको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण