७० करोड प्रकरणले लेखा समितिमा हंगामा
काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदबारे सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड बढीको कमिसन डिल गरेको दावीसहितको अडियो बाहिरिएपछि संसदको सार्वजनिक लेखा समिति बैठकमा हंगामा भएको छ ।
समितिको आजको बैठकले प्रिन्टिङ प्रेस खरिदसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गर्दैगर्दा त्यसअघि नै अडियो बाहिरिएपछि हंगामा भएको हो ।
अडियो बाहिरिएपछि रातोपाटीलाई प्रतिक्रिया दिँदै स्वीस कम्पनीका एजेण्ट विजय प्रकाश मिश्रले लेखा समितिका सदस्यले समेत घुस लिएर निर्णय गर्न लागिएको दावी गरेका थिए ।
सरकारले प्रिन्टिङ प्रेसबारे स्वीस कम्पनीसँग सम्झौता नगरी जर्मन कम्पनीसँग सम्झौता गर्न खोजेछि मिश्रले नै उक्त अडियो डेढ महिना अघि नै प्रधानमन्त्रीलाई दिएका थिए भने बुधबार साँझ सञ्चारमाध्यमबाट पनि लिक गराएका थिए ।
रातोपाटीसँग कुराकानी गर्दै बिहीबार बिहान मिश्रले प्रिन्टिङ प्रेस खरिदमा लेखा समितिको समेत मिलेमतो रहेको बताएका थिए ।
त्यसको खण्डन गर्दै सांसदहरुले मिश्रबाट लेखा समिति माथि आक्रमण भएको आरोप लगाए ।
सांसद मिनेन्द्र रिजालले कडा प्रतिक्रिया जनाउँदै लेखा समितिको मिलेमतो र भागभन्डामा नाम उल्लेख गर्ने, सार्वजनिक गर्ने र सेयर गर्नेलाई समेत साईबर क्राईमको मुद्दा लगाउन माग गरे ।
सांसदहरुले प्रिन्टिङ प्रेस मेसिन खरिबारे सरकारले निर्णय नगर्दै किन फ्रान्स भ्रमणमा गइयो भन्दै प्रश्न समेत उठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
