सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा गराउन प्रचण्डको सुझाव, प्रधानमन्त्रीले बोलाए बालुवाटार
काठमाडौँ । ७० करोड रुपैयाँ कमिसनमा मुछिएपछि सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई राजीनामा दिन दवाव परेको छ ।
बिहीबार बिहान प्रधामन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डबीचको छलफलमा प्रचण्डले बाँस्काटोले राजीनामा दिनु ठीक हुने सुझाव दिएका छन् ।
सो छलफलमा गम्भीर विषय बाहिर आएसँगै अब कसरी अघि बढ्ने भन्ने विषयमा ओलीले प्रचण्डसँग राय लिएका थिए । जवाफमा प्रचण्डले राजीनामा दिँदा ठीक हुने भन्दै बाँस्कोटाको राजीनामा गराउन प्रधानमन्त्रीलाई सुझाव दिएको बालुवाटार स्रोतले बताएको छ ।
यसैबीच प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई बालुवाटार बोलाएका छन् । ओलीले बाँस्कोटालाई बोलाएर राजीनामा दिन निर्देशन दिन्छन् या के गर्छन् त्यसको नतिजा केही घण्टामा आउने नै छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदबारे सञ्चारमन्त्री गोकुल ७० करोड बढीको कमिसन डिल गरेको दावीसहितको अडियो बुधबार बेलुका बाहिरिएको थियो ।
प्रिन्टिङ प्रेस सम्बन्धी स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्र सो अडियो लिक गराएका हुन् । यो अडियो बाहिरिएपछि सञ्चारमन्त्रीमाथि राजीनामा दिन चौतफी दवाव परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बुढानीलकण्ठमा कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक
-
बाँके घटना : खुट्टामा गोली लागेका सुशीलको भेरी अस्पतालमा उपचार हुँदै
-
इजरायललाई बाइडेनको चेतावनी : रफाहमा कारबाही सुरु गरे हतियार आपूर्ति बन्द गर्छौं
-
पारदर्शिता र सुशासन एक अर्काको पूरक : राष्ट्रपति
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिट न्यायाधीश मनोज शर्माको इजलासमा
-
सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्दा चाँदीको बढ्यो