सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा गराउन प्रचण्डको सुझाव, प्रधानमन्त्रीले बोलाए बालुवाटार
काठमाडौँ । ७० करोड रुपैयाँ कमिसनमा मुछिएपछि सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई राजीनामा दिन दवाव परेको छ ।
बिहीबार बिहान प्रधामन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डबीचको छलफलमा प्रचण्डले बाँस्काटोले राजीनामा दिनु ठीक हुने सुझाव दिएका छन् ।
सो छलफलमा गम्भीर विषय बाहिर आएसँगै अब कसरी अघि बढ्ने भन्ने विषयमा ओलीले प्रचण्डसँग राय लिएका थिए । जवाफमा प्रचण्डले राजीनामा दिँदा ठीक हुने भन्दै बाँस्कोटाको राजीनामा गराउन प्रधानमन्त्रीलाई सुझाव दिएको बालुवाटार स्रोतले बताएको छ ।
यसैबीच प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री बाँस्कोटालाई बालुवाटार बोलाएका छन् । ओलीले बाँस्कोटालाई बोलाएर राजीनामा दिन निर्देशन दिन्छन् या के गर्छन् त्यसको नतिजा केही घण्टामा आउने नै छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस मेसिन खरिदबारे सञ्चारमन्त्री गोकुल ७० करोड बढीको कमिसन डिल गरेको दावीसहितको अडियो बुधबार बेलुका बाहिरिएको थियो ।
प्रिन्टिङ प्रेस सम्बन्धी स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्र सो अडियो लिक गराएका हुन् । यो अडियो बाहिरिएपछि सञ्चारमन्त्रीमाथि राजीनामा दिन चौतफी दवाव परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
