महाशिवरात्री : पशुपतिनाथमा यस्तो देखियो रमझम (फोटोफिचर)
काठमाडौँ । महाशिवरात्रीका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । दर्शनार्थीलाई छिटो र सहज रुपमा दर्शन गर्न पशुपति क्षेत्र विकास कोषले मन्दिरका चारै ढोका राति तीन बजेदेखि नै खुला गरेको जनाएको छ ।
लाखौँ भक्तजनहरु पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शन गरिरहेका छन् भने लाखौले दर्शन गरिसकेका छन् ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइन्छ । पशुपति मन्दिर परिसरमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो देखिन्छ उनीहरु भगवानको दर्शनका साथै भजन, किर्तन र नाँचगानमा रमाइरहेका देखिन्छन् ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
पशुपतिमा दर्शनका लागि बाहिरी क्षेत्रबाट प्रवेश गर्ने पाँच वटा मूल लाइनको व्यवस्था गरिएको कोषले जनाएको छ । भित्र प्रवेश गरेपछि भने १० वटासम्म लाइनको व्यवस्था गरी दर्शनार्थी प्रवेश गरेको आधा घण्टामा फर्कने गरी बिहानको व्यवस्थापन गरिएको कोषको दावी छ ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एअरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरी रुपमा दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

यस बर्ष महाशिवरात्रिका दिन १० लाखभन्दा बढी दर्शनार्थीले पशुपतिको दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको तथा सुरक्षा अवस्था मजबुत बनाइएको छ । सुरक्षका लागि ६ हजार सुरक्षाकर्मी र पाँच हजार स्वयंसेवक परिचालन गरिएको छ ।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण