अष्ट्रेलियाको फराकिलो जित
स्पिनर एस्टन एगरले पाँच विकेट लिएपछि अष्ट्रेलियाले घरेलु टोली दक्षिण अफ्रीकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले अफ्रिकालाई एक सय सात रनले हरायो ।
टस हारेपछि पहिलो ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९६ रन बनाएको थियो । एक सय ९७ रनको विलय लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १४.३ ओभरमा सवै विकेटको क्षतिमा केवल ८९ रनमा समेटिएको थियो ।
दक्षिण अफ्रिकाका लागि भने फाफ डु प्लेसिसले २४ रन बनाए । कागीसो रबाड़ाले २२ र । पिट भान बिजोनले १६ बनाए । अस्ट्रेलियाका एस्टन एगारले पाँच विकेट लिए । पाट कमिन्स र एडम जाम्पाले दुई दुई तथा मिचेल स्टार्कले एक विकेट लिए ।
यसअघि अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ४५ रन बनाए । कप्तान आरोन फिन्चले ४२, एलेक्स क्यारीले २७, एस्टन एगरले २०, मिचेल मार्शले १९ र म्याथ्यु वेडले १८ रन बनाए । दक्षिण अफ्रिकाका लागि स्टेन र शाम्सीले दुई दुई तथा एन्गीडी र फेल्हुक्वायोले एक एक विकेट लिए । दक्षिण अफ्रिकाका डेल स्टेन र तब्रैज साम्सीले दुई दुई विकेट लिए । जितसँगै अस्ट्रेलिया तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
जेठ १४ गते वागमती सरकारको नीति तथा कार्यक्रम
-
जर्जियामा ‘फरेन एजेन्ट’ विधेयकमा राष्ट्रपतिले लगाइन् भिटो
-
शीर्ष दुई टोलीको भिडन्त : राजस्थानलाई दोस्रो स्थान सुरक्षित गर्ने अवसर
-
कार्यदलको बैठकमा कांग्रेस नेता कार्की पनि थपिए
-
महानगर प्रहरीले चाबहिल चोकका घरहरूमा चलायो डोजर