अष्ट्रेलियाको फराकिलो जित
स्पिनर एस्टन एगरले पाँच विकेट लिएपछि अष्ट्रेलियाले घरेलु टोली दक्षिण अफ्रीकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले अफ्रिकालाई एक सय सात रनले हरायो ।
टस हारेपछि पहिलो ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९६ रन बनाएको थियो । एक सय ९७ रनको विलय लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १४.३ ओभरमा सवै विकेटको क्षतिमा केवल ८९ रनमा समेटिएको थियो ।
दक्षिण अफ्रिकाका लागि भने फाफ डु प्लेसिसले २४ रन बनाए । कागीसो रबाड़ाले २२ र । पिट भान बिजोनले १६ बनाए । अस्ट्रेलियाका एस्टन एगारले पाँच विकेट लिए । पाट कमिन्स र एडम जाम्पाले दुई दुई तथा मिचेल स्टार्कले एक विकेट लिए ।
यसअघि अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ४५ रन बनाए । कप्तान आरोन फिन्चले ४२, एलेक्स क्यारीले २७, एस्टन एगरले २०, मिचेल मार्शले १९ र म्याथ्यु वेडले १८ रन बनाए । दक्षिण अफ्रिकाका लागि स्टेन र शाम्सीले दुई दुई तथा एन्गीडी र फेल्हुक्वायोले एक एक विकेट लिए । दक्षिण अफ्रिकाका डेल स्टेन र तब्रैज साम्सीले दुई दुई विकेट लिए । जितसँगै अस्ट्रेलिया तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण