दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमित एकैदिन दोब्बरले वृद्धि
दक्षिण कोरियाले कोरोना भाइरसको संक्रमितमा एकैदिन दोब्बरले वृद्धि भएको पुष्टि गरेको छ ।
दक्षिण कोरियाली अधिकारीका अनुसार शुक्रबार २ सय २९ संक्रमित देखिएकोमा शनिबार संक्रमितको संख्या ४ सय ३३ पुगेको छ ।
प्रधानमन्त्री चुङ्ग स्ये–क्यिुनले त्यहाँको अवस्थालाई गम्भीर बताएका छन् ।
दक्षिण पूर्वी शहर देइगु आसपासका अस्पताल र त्यहाँका धार्मिक समूहमा नयाँ संक्रमित पाइएको अधिकारीले बताएका छन् ।
दक्षिण कोरियामा दुई बिरामीको मृत्यु भएको र मृतकको संख्या वृद्धि हुने हो कि भन्ने त्रास फैलिएको छ ।
देइगु र छियोङ्दो नजिकैको इलाका–जहाँ अस्पताल छ– लाई ‘स्पेशन केयर जोन’ घोषित गरिएको छ । देइगुका सडकमा मानिसहरुको आवतजावत लगभग रोकिएको छ ।
चीनपछि दक्षिण कोरियामा संक्रमितको संख्या धेरै देखिएको छ । चीनमा अहिलेसम्म २ हजार ३ सय ४५ को मृत्यु भइसकेको छ भने ७६ हजार २ सय ८८ जना संक्रमित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण