गोकुल बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि भूमिका छ: सिपी गजुरेल
काठमाडौँ । देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक तथा नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले वर्तमान सरकारका प्रवक्ता नै भ्रष्टाचार काण्डमा मुछिएको अवस्थाले सरकारीस्तरमा हुने गरेको भ्रष्टाचारको पटाक्षेप गरेको बताएका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले राजधानीमा आयोजना गरेको साक्षात्कारमा गोकुलप्रसाद बाँस्कोटालाई राजीनामा मात्रै गराउनु पर्याप्त नभएको जिकिर गरे । उनले भने, ‘यदि स्वीस कम्पनीसँग अन्तरविरोध नभएको भए ठूलो मात्रामा भ्रष्टाचार हुन लागेको रैछ नि, २६ अर्बमा हुने कुरा लागत बढाएर ४० अर्ब पु¥याईएको रहेछ, यत्रो ठूलो रकम खाने योजना रहेछ ।’
मन्त्री बाँस्कोटाले ७ वटा योजनामा एक खर्ब खाने योजना बनाएको तथ्य पनि मिडियामा आएको उल्लेख गर्दै गजुरेलले भने, ‘अनि हामीले देश विकास होला भनेर कसरी कल्पना गर्ने ?’ सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा दिएर बकवास गरिरहेको उनको भनाइ छ । अहिले सामान्य नागरिकले आफ्ना छोराछोरी पढाउन तथा उपचार गराउन सक्ने अवस्था नभएको उल्लेख गर्दै उनले भने, ‘सरकारका मन्त्री नै यसरी भ्रष्टाचारमा लिप्त भएपछि मुलुकको यो अवस्था हुनु त सामान्य नै भयो नि ।’
उनले तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाको कमिशनको अडियो प्रकरणबारे गम्भिर छानबिन हुनुपर्ने बताए । उक्त प्रकरणको नैतिक जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि लिनुपर्ने उनले प्रष्ट पारे । उनले भने, ‘प्रधानमन्त्रीको जानकारीबिना यो सम्भव छैन ।’
गजुरेलले उक्त अडियो दुई महिना पहिले नै प्रधानमन्त्रीकहाँ पुगेको कुरा आएको टिप्पणी गर्दै प्रश्न गरे, ‘उहाँले यत्रो दिन किन गुपचुप राख्नुभयो ?’ यसले पनि यो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै रुपमा संलग्नता देखिने उनको भनाइ थियो । ‘अख्तियारले सत्यतथ्य छानबिन गर्ने कुरामा विश्वास छैन,’ उनले भने, ‘अख्तियार त सरकारले जे भन्यो त्यही गर्छ ।’ उनले यो प्रकरणमा अख्तियारलाई छानबिन गर्न दिएर कतै बाँस्कोटालाई जोगाउन चलखेल भइरहेको त छैन भन्ने आशङ्कासमेत उनले व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण