मन्त्री खतिवडाद्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण (भिडियो सहित)
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा मुछिएपछि गोकुल बास्कोटाले राजीनामा दिएपछि मन्त्रालयको जिम्मेवारी पाएका खतिवडाले आइतबार पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण कार्यक्रममा मन्त्री खतिवडाले सरकारी सञ्चारमाध्यम देशभरका जनताको साझा माध्यम भएकाले सन्तुलित सूचना प्रवाह गर्न निर्देशन दिएका छन् । सरकारी सञ्चार माध्यमले सरकारको मात्रै गुणगान गाउनुपर्छ भन्ने मान्यता सरकारले नराख्नुले उल्लेख गर्दै खतिवडाले राज्य सञ्चालनमा जनताले निर्वाह गर्ने भूमिका र त्यसले समावेशी विकासमा पु¥याउने योगदानलाई मध्यनगर गर्दै सूचना सम्प्रेशण गर्न आग्रह गरेका छन् ।
मन्त्री खतिवडाले लोकतन्त्र बलियो बनाउन सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुने बताएका छन् । सरकारले गरेका राम्रा र नराम्रा दुबै कामहरु जनतामाझ पु¥याउने जिम्मेवारीमा रहेका सञ्चारमाध्यमले राम्रालाई नराम्रा र नराम्रा कामलाई राम्रा काम भनेर नपु¥याउन पनि आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण