राजेन्द्र महतोको प्रतिक्रिया : नेकपाको संविधान संशोधन कार्यदल तातो न छारोको, प्रतिनिधित्व नभए राष्ट्रिय आन्दोलन गर्छौँं
काठमाडौँ । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नेकपाले बनाएको संविधान संशोधनको कार्यदल व्यक्तिगत स्वार्थका लागि भएको बताएका छन् ।
आइतबार नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा कार्यदल गठन गरेपछि नेता महतोले त्यसमा आदीवासी मधेशी पक्षको प्रतिनिधित्वको माग गरे ।
उनले भने, ‘संविधान संशोधनका लागि मधेशी, आदीवासी जनजाति जसले माग गरेका छन् उनीहरुसँग सल्लाह पनि गरेको छैन, सहभागिताको कुरा पनि छैन । एकतर्फी रुपमा बनाइएको छ । उसले आफ्नो एकदलीय एजेण्डा राख्न संशोधन गर्न खोजेको होला, त्यसमा हाम्रो आपत्ति छ ।’
उनले जनताले खोजेको अधिकार स्थापित गर्नेगरी संविधान संशोधन नभए बलियो शक्ति बनाएर आन्दोलन गर्ने चेतावनी दिए । उनले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी लगायतका विचार मिल्ने दलसँग एकता गरी बलियो शक्ति बनाएर आन्दोलन गर्ने बताए ।
उनले भने, ‘वर्षौदेखि हामीले उठाएको माग पूरा भएको छैन । हाम्रो एजेण्डा प्रवेश पाएन भने वैकल्पिक शक्तिशाली पार्टी बनाएर राष्ट्रिय आन्दोलन गर्छौ । हामीलाई सरकार चाहिएको छैन, अधिकार चाहिएको हो । हामीलाई नश्लीय राष्ट्रवाद चाहिँदैन ।’
उनले मधेसी, आदीवासी जनजातीसँग छलफल नगरी नेकपाले संविधान संशोधनका लागि कार्यदल बनाउनु तातो न छारोको काम भएको प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण