जुकरबर्गले आफ्नो काखीको पसिना सुकाउनका लागि कर्मचारीको समूह राखेको दाबी
न्यूयोर्क । यसै महिना सार्वजनिक हुने एक किताबमा फेसबुकका मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गले आफ्नो काखीको पसिना सुकाउनका लागि कर्मचारीको समूह राखेको दाबी गरिएको छ । टेक्नोलोजी जर्नलिस्ट स्टिवन लेवीको किताब फेसबुकः द इनसाइड स्टोरीमा यस्तो दाबी गरिएको हो ।
किताबमा फेसबुकका वर्तमान र पूर्व कर्मचारीसँग कुराकानी गरिएको बताइएको छ । लेवीसँग सन् २००६ मा जुकरबर्गले लेखेको पर्सनल डायरीको जानकारीसमेत भएको दाबी गरिएको छ । किताबमा लेखिए अनुसार अन्तरवार्ता, भाषण वा ठूला कार्यक्रम अघि जुकरबर्ग नर्भस हुन्थे जसका कारण उनलाई पसिना आउँथ्यो र त्यहि पसिना सुकाउनका लागि उनले टीम नै खडा गरेका थिए । यो किताबमा सन् २०१० मा जुकरबर्गको यस्तै एक अन्तरवार्ताको कुरा पनि गरिएको छ ।
लेवी टेक्नोलोजी म्यागजिन वायर्डका सम्पादक हुन् र उनले थुप्रै वर्षसम्म फेसबुकबारे समाचार पनि लेखेका छन् ।
यसै महिनाको अन्त्यमा रिलिज हुनेछ किताबः
लेवीको किताबको समीक्षा ब्लूमबर्गले गरेका हुन् । ब्लूमबर्गले उक्त किताब यसै महिना रिलिज हुने बताएको छ । किताबमा बताइए अनुसार जुकरबर्गको कम्युनिकेशन टीमले उनको सार्वजनिक उपस्थिती अघि उनको काखीको पसिना सुकाउने गर्दथ्यो ।
फेसबुकका प्रवक्ता लिज बुर्जुआले यो किस्सा साँचो हुनुमा आफूलाई शंका लागेको उनले बताएका छन् । यदि यस्तो भएको हो भने पनि उनले हाम्रो कम्युनिकेशन टीमको आग्रहमा नै यस्तो गरेको हुनुपर्छ । यद्यपि, खैरो रंगको टिसर्ट लगाउने कुनै पनि व्यक्तिले आफूलाई यस्तो घटनासँग जोड्न सक्छ ।
ट्वीटरका मुख्य कार्यकारी अधिकारीले भने, ‘मैले कहिले पसिना सुकाइदिन भनेको छैन’
सोसल मिडियामा यसबारे मिलीजुली प्रतिक्रिया आइरहेको छ । ट्वीटरका मुख्य कार्यकारी अधिकारी ज्याक डोर्सीले आफूले कहिले पनि आफ्नो स्टाफलाई काखी सुकाइदिन नभनेको तर यदि आफ्नो कम्युनिकेशन टीमलाई यसको खाँचो परे आफू यस्तो सुविधा दिन पाउँदा खुसी हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा दुई वटा ‘सुरक्षित कक्ष’ स्थापना
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण