भक्तपुरमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
सोमबार, १२ फागुन २०७६, ११ : १५
भक्तपुर : भक्तपुरमा एक जना पैदल यात्रीको ट्रकको ठक्करबाट मृत्यु भएको छ । सोमबार कमलबिनायक–१० का तिलक मकाजुलाई निशान ट्रकले ठक्करबाट गम्भीर घाइते भएका बि.एण्ड बि अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणी जाँदै गरेको बा ३ क ३५८८ नम्बरको ट्रकले पैदल यात्री मकाजुलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट घाइते भएका मकाजुलाई प्रहरीको सहयोगमा जनस्वास्थ्य सेवा केन्द्र भक्तपुर लगिएको र त्यहाँबाट थप उपचारको लागि बि.एण्ड.बि अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा राति ११ः३० मा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले दुर्घटना गराउने सवारी साधन र सवारी चालक रोल्पा रुम्तीगढी गाउँपालिका–१ घर भएका २६ वर्षीय शुरेश मगरलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण