‘थप्पड’को शुटिङपछि तापसीलाई वास्तविक जीवनमा फर्किन लाग्यो ३० दिन
एजेन्सी : बलिउडकी चर्चित अभिनेत्री तापसी पन्नुका हरेक फिल्महरुले चर्चा पाउने गर्छन् । उनले अभिनय गरेका प्रत्येक फिल्मले समाजका कुनै न कुनै प्रथाको विरोध गरेको छ। पछिल्लो समय उनी ‘थप्पड’ का कारण चर्चामा छिन् ।
श्रीमान र श्रीमतीबीचको कथाबस्तुमा आधारित फिल्मले श्रीमान र श्रीमतीबीचका स–साना कुराहरुले कसरी सम्बन्धमा असर पुर्याइरहेको छ भन्ने कथाबस्तुलाई प्रस्तुत गरेको छ ।
यसै फिल्मको प्रमोशनमा व्यस्त रहेकी पन्नुले प्रमोशनकाबीच एक कार्यक्रममा उक्त फिल्मको शुटिङमा भोगेका केही घटनाहरुका बारेमा चर्चा गरेकी छिन् । उनले यो फिल्मको शुटिङ सकिएपछि फिल्मको पात्रभन्दा बाहिर आउन ३० दिन लागेको बताएकी छिन् ।
उनले आफू कसैको थप्पड सहेर बस्ने महिला नभएको र फिल्मकी पात्र सहनशिल भएकाले त्यो भूमिका निभाएपछि आफ्नो वास्तविकतामा आउन लामो समय लागेको खुलाएकी छिन् ।
उनले भनिन्, ‘यो फिल्मको भूमिका निभाउदा निभाउँदै म भावनात्मक रुपमा यति धेरै भिजे कि त्यो पात्रको भूमिकाबाट बाहिर आउन निकै गाह्रो भयो । मैले त्यो भूमिकाबाट बाहिर आउन केही समय छुट्टी नै लिनुपर्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण